FAQs Complain Problems

विगु गाउँकार्यपालिकाकाे (२५ औं) बैठककाे निर्णयहरू!!!

प्रस्तावहरू

१. करार सेवामा अ.न.मी. थप गर्ने सम्बन्धमा।

२. खाेप केन्द्र भवन निर्माण सम्बन्धमा ।

३. गाउँपालिकाभित्रका सडक सफा गर्ने सम्बन्धमा ।

४. एम्बुलेन्स संचालन सम्बन्धमा ।

५. गाउँ  शिक्षा समिति गठन सम्बन्धमा।

६. वडा शिक्षा समिति वठन सम्बन्धमा ।

७. अपरेटरकाे भत्ता सम्बन्धमा ।

८. माछापालनकाे अनुदान सम्बन्धमा।

९. कार्यविधि सम्बन्धमा ।

१०. विपद व्यवस्थापन कार्यविधि सम्बन्धमा ।

११. रकम माग गर्ने सम्बन्धमा ।

१२. रूख कटानी सहमति सम्बन्धमा ।

निर्णयहरूः

निर्णय नं. १. प्रस्ताव नं. १ उपर छलफल गर्दा यस गाउँपालिकाभित्र रहेका विभिन्न स्वास्थ्य चाैकीमा चाैविस घण्टे प्रसुति सेवा संचालन गर्न लामाबगरमा -१, अाेराङमा -१, बुलुङमा-१, चिलंखामा - २ र खाेपाचागुमा - १ गरी जम्मा ६ जना अ.न.मि. विज्ञापन गरी गरी भर्ना गर्ने निर्णय गरिया ।

निर्णय नं. २. प्रस्ताव नं. २ उपर छलफल गर्दा नेपाल सरकारबाट यस गाउँपालिकाकाे लागि खाेपकेन्द्र भवनकाे लागि छुट्यााइएकाे बजेट रू. ३ लाख रकम विगु गाउँपालिका वडा नं. ३ काे भिरमुनीमा जग्गा प्राप्ति गरी खाेप केन्द्र भवन निर्माण गर्ने निर्णय गरियाे ।

निर्णय नं. ३. प्रस्ताव नं. ३ उपर छलफल गर्दा यस गाउँपालिकाभित्रका लादुक-बुलुङ-अाेराङ सडक खण्ड, साेरूङ-ढाक्रेबाेट-लाेटिङ-अालम्पु-विगु सडक खण्ड, साेरूङ-बुक्माडाँडा-अमाडाेल-विगु सडक खण्ड मर्मत सुधारकाे लागि अधिकतम मेशिन भाडा, अपरेटर भत्ता, खाना, खाजा, तेल लगायत भाडा  गाउँपालिकाले निर्धारण गर्ने निर्णय गरियाे ।

निर्णय नं. ४. प्रस्ताव नं. ४ उपर छलफल गर्दा यस गाउँपालिकाकाे खाेपाचागु स्वास्थ्य चाैकीमा रहेकाे एमबुलेन्सलार्इ  गाउँपालिकाले चालकाकाे व्यवस्था गरी कार्यविधि बनार्इ संचालन गर्ने   निर्णय गरियाे ।

निर्णय नं. ५. प्रस्ताव नं. ५ उपर छलफल गर्दा यस गाउँपालिकाकाे गाउँशिक्षा समितिमा तपशिल बमाेजिमकाे सदस्य रहने गरी गठन गर्ने निर्णय गरियाे ।

             संयाेजक (अध्यक्ष) - संजीव अाेली 

             सदस्य - लालिमाया तमाङ

             सदस्य - पासाङ शेर्पा 

अन्य सदस्य उक्त समितिकाे बैठक बसी छनाैट गर्ने निर्णय गरियाे ।

निर्णय नं. ६  यस गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा गाउँ शिक्षा एेन बमाेजिम अाजकाे मितिले १० दिनभित्र गर्ने गरी गाउँपालिकामा पठाउने निर्णय गरियाे।

निर्णय नं. ७. प्रस्ताव नं. ७ उपर छलफल गर्दा यस गाउँपालिकामा रहेकाे स्काभेटर र ब्याक्हाे लाेडर चालककाे लागि हेबी सवारी चालककाे बराबर तलब भत्ता र प्रतिघण्टा २०० दरले भत्ता उपलब्ध गराउने निर्णय गरियाे । भत्तामा नेपाल सरकारकाे नियमानुसार कर कट्टी गरिनेछ ।

निर्णय नं. ८. प्रस्ताव नं. ८ उपर छलफल गर्दा यस गाउँपालिकाले माछापालनकाे लागि विनियाेजन गरेकाे रकमकाे कार्यान्वयनका लागि गाउँपालिका समुहले ३० प्रतिशत लगानी  गर्ने गरी सामुहिक प्रस्ताव पत्र माग गरी उत्कृष्ट प्रस्तावदातालार्इ अनुदान रकम व्यवस्था गर्ने निर्णय गरियाे ।

निर्णय नं. ९. प्रस्ताव नं. ९ उपर छलफल गर्दा यस गाउँपालिकाले  नगर प्रहरी सम्बन्धी कार्यविधि, २०७५ स्थानीय यातायात संचालन कार्यविधि, २०७५ तयार गर्न तपशिल बमाेजिमकाे समिति गठन गरी अर्काे बैठकमा पेश गर्ने निर्णय गरियाे।

             संयाेजक  - संजीव अाेली 

             सदस्य - हिरण्डे ब. गुरूङ

             सदस्य - निमाटासी शेर्पा

निर्णय नं. १०. प्रस्ताव नं. १० उपर छलफल गर्दा यस गाउँपालिका स्तरीय विपद व्यवस्थाापन कार्यविधि निर्माण गरी अर्काे बैठकमा पेश गर्न निम्न सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरियाे । उक्त समितिकाे कार्य वातावरण तथा विपद व्यवस्थापन समितिले नै गर्ने निर्णय गरियाे।

निर्णय नं. ११. प्रस्ताव नं. ११ उपर छलफल गर्दा  अपर तामाकाेशी जलविद्युत अायाेजनाले यस गाउँपालिकालार्इ उपलब्ध गराउन टेण्डर अाह्वान गरी खरिद प्रकृया अगाडी बढार्इ सकेकाे अवस्थामा अायाेजनाबाट भुक्तानी गर्दा भन्सार छुट लयागतका अन्य छुट दिन नसकिने भनी अर्थ मन्त्रालयबाट निर्णय गरी सकेकाे अवस्थामा खरिद प्रकृया समेत समस्या अार्इ भुक्तानी गर्न नसकेकाेले त्रिपक्षीय सम्झाैता गरी उक्त रकम अप्पर  तामाकाेशी जलविद्युत अायाेजनासँग माग गरी गाउँपालिकाकाे खातामा जम्मा गर्न लगार्इ भन्सार लगायत अन्य छुटकाे लागि अावश्यक प्रकृया पूरा गरी खरिद गरी भुक्तानी  दिने निर्णय गरियाे ।

निर्णय नं. १२. प्रस्ताव नं. १२ उपर छलफल गर्दा यस गाउँपालिकाकाे नेपाल सरकारद्वारा निर्धारण गरेकाे गाउँपालिकाकाे केन्द्र (च्यानेडाँडा)मा भवन निर्माण गर्न रूख कटानी गर्नेुपर्ने भएकाेले सामुदायिक बन लगायत अन्य सराेकार निकायसँग रूख कटानीकाे लागि सहमति माग गर्ने निर्णय गरियाे ।

 

 

 

आर्थिक वर्ष: