समाचार
विगु गाउँपालिका विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता,२०७९ सम्पन्न।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने राष्ट्रिय नारासहित विगु गाउँपालिका द्वारा आयोजित श्री गौरिशंकर मा.वि. विगु-१,लामाबगरद्वारा व्यवस्थापन गरिएको विगु गाउँपालिका तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता,२०७९ मिति २०७९ माघ २ सुरु भई आज माघ ५ गतेका दिन विगु गाउँपालिकाका पूर्व अध्यक्ष श्री युधिष्ठिर खड्काज्यूको प्रमुख आतिथ्यतामा र जिल्ला खेलकुद विकास समितिका प्रतिनिधिज्यू , विगु गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिज्यूहरु,अन्य अतिथिज्यूहरुको समुपस्थितिमा १२ ओटा विद्यालयहरुको सक्रिय सहभागितामा आज समापन भएको छ।
१२ विद्यालयहरुको सहभागीता रहेको उक्त रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा संचालित खेलकुदको नतिजा अनुसार
प्रथम - विगु पोलिटेक्निक इन्ष्टिच्युट, विगु-४लादुक, (१३ स्वर्ण )
द्वितीय - श्री शान्ति आदर्श मा.वि. विगु-४,लादुक (११ स्वर्ण )
तृतीय - श्री गौरिशंकर मा.वि. विगु-१, लामाबगर (४ स्वर्ण )
पूर्ण पदक तालिका पुनः अपडेट गरिनेछ।
जित हासिल गर्नु हुने सम्पूर्ण विजेता खेलाडीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै वाँकी खेलाडीहरुमा आगामी दिनमा सफलताको शुभकामाना दिदै सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता व्यवस्थापन गर्नु हुने श्री गौरिशंकर मा.वि. विगु-१, लामाबागर, खेलकुद सक्रिय सहभागी हुनुहुने विद्यालयहरु, निष्पक्ष र स्वच्छ रुप मुल्याङ्कनको भुमिका निर्वाह गर्नु हुने सम्पूर्ण रेफ्री एवम् निर्णायक मण्डल, प्रतियोगिताको दौरान शान्ति सुरक्षा कायम गर्नु हुने एवम् सहयोगात्मक भुमिका निर्वाह गर्नु हुने सुरक्षा निकाय, विगु गाउँपालिका अन्तर्गतका विभिन्न युवा क्लब लागायत यो प्रतियोगिता सभ्य र भव्य तुल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा विगु गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।
धन्यवाद ।