समाचार
वडा नं. ४
संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ४ नं. वडामा साबिक लादुक गा.वि.स. काे १-९ वडाहरू समाबेश गरिएकाे छ ।२६.८८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरीशंकर गाउँपालिका , पश्चिममा विगु गाउँपालिकाकै ५ नं. वडा, उतरमा विगु गाउँपालिकाकै १ र ३ नं. वडा र दक्षिणमा कालिञ्चेक गाउँपालिका पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १७३३ जना र महिला संख्या १९३० जना गरी जम्मा जनसंख्या ३६६३ रहेके छ । यस वडामा क्षेत्री, तमाङ, नेवार, ब्राह्मण अादी जातजातिहरूकाे मुख्य बसाेबास रहेकाे छ । विगु गाउँपालिकाकै प्रवेशद्वार तथा व्यापरिक केन्द्र सिंगटी बजार मुख्य पर्यटकीय स्थलकाे रूपमा परिचित छ।
Population:
३६६३
Ward Contact Number:
९८४५१६५२८४