समाचार
खेलाडी, प्रशिक्षक र व्यवस्थापक छनाेट कार्यक्रम स्थगित भएकाे सूचना ।
यस विगु गाउँपालिकाकाे मिति २०७५/०६/०५ गतेकाे सुचना अनुसार मिति २०७५/०६/१६ गते गाउँपालिकाभित्रका खेलाडी छनाेट गर्ने भनी पुर्व सूचना प्रकाशन गरेतापनि प्रविधिक समस्याका कारण उक्त खेलाडी छनाेट कार्यक्रम स्थगित भएकाे व्यहाेरा सबैमा जानकारी गराइन्छ । साथै केही समय पश्चात गाउँपालिकाले वडा स्तरीय भलिबल प्रतियाेगिता अायाेजना गर्ने सूचना समेत सबैका लागि जारी गरिन्छ ।
सुचना प्रविधि शाखा
विगु गाउँपालिका
लादुक, दाेलखा