समाचार
एकीकृत जनस्वास्थ्य अभियान तथा जेष्ठ नागरिक लाई स्वास्थ्य सामग्री सहयोग / सम्मान कार्यक्रमकाे कही झलकहरु।
विगु गाउँपालिकाकाे समन्वयमा र स्वास्थ्य कार्यालय,दाेलखाकाे आयाेजनामा विगु गाउँपालिका अन्तर्गत वडा नं ८ स्थित थामीचागुमा संचालित एकीकृत जनस्वास्थ्य अभियान तथा जेष्ठ नागरिकलाई स्वास्थ्य सामग्री सहयोग / सम्मान कार्यक्रम मिति २०७८ पौष १७ गते सम्पन्न भएकाे छ । जसअन्तर्गत तपसिल बमाेजिमकाे संख्यामा विभिन्न स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरिएकाे थियाे ।
१. जेष्ठ नागरिक सम्मान कार्यक्रम - १०० जना
२. जनरल सेवा - ५० जना
३. डेन्टल सेवा - १२ जना
४. बालराेग सम्बन्धी सेवा - २१ जना
५. स्त्रीराेग सम्बन्धी सेवा - ५९ जना
६. काेभिड खाेप सम्बन्धी सेवा - ३५ जना
-विगु गाउँपालिका ।