समाचार
मिति २०७४ साल फाल्गुन १८ गते सम्पन्न बिगु गाउँ कार्यपालिका बैठकको प्रस्ताब तथा निर्णयहरु
प्रस्ताबहरु
१. नर्बेका बिकास मन्त्रि लगायत अन्य आगन्तुकलाई स्वागत गर्ने सम्बन्धमा |
२. सहयोग माग गर्ने सम्बन्धमा |
३. अपर तामाकोशी हाइड्रोपावरको ड्याम्प साइडबाट लप्ची जाने बाटो निर्माण सम्बन्धमा |
४. अपर तामाकोशी जलबिद्युत आयोजनाको शयर वितरण सम्बन्धमा |
५. कार्यविधि सम्बन्धमा |
६. पेश्की रकम सम्बन्धमा |
निर्णयहरु
निर्णय नं. १ : प्रस्ताव नं. १ उपर छलफल गर्दा यस बिगु गाउँपालिकाको वडा नं. ५ चिलंखामा पर्ने देविटार आधारभूत विद्यालयको उद्घाटन नर्वेका बिकास मन्त्रिले गर्ने भएकोले सो कार्यक्रमलाई प्रभावकारी बनाई आगन्तुक सबैलाई स्वागत गर्ने निर्णय गरियो |
निर्णय नं. २ : प्रस्ताव नं. २ उपर छलफल गर्दा यस बिगु गाउँपालिका भित्र रहेका विभिन्न सडक, पूल पुलेसा आदिको निर्माण गरी सहयोग गरिदिनु हुन नर्बे देश र त्यहाँका बिकास मन्त्रिलाई अनुरोध गर्ने निर्णय गरियो |
निर्णय नं. ३ : प्रस्ताव नं. ३ उपर छलफल गर्दा अपर तामाकोशी जलबिद्युत आयोजनाको ड्याम्प साइडबाट लप्ची जाने बाटो निर्माण गरी सहयोग गरिदिनु हुन अपर तामाकोशी जलविद्युत आयोजनालाई अनुरोध गर्ने निर्णय गरियो |
निर्णय नं. ४ : प्रस्ताव नं. ४ उपर छलफल गर्दा यस बिगु गाउँपालिका वडा नं. १ मा निर्माणाधीन अपर तामाकोशी जलबिद्युत आयोजनाको शेयर निस्कासन गर्दा ‘क’, ‘ख’, र ‘ग’ बर्गमा विभाजन गरी शेयर निस्कासन गर्ने देखिएकोले एउटै गाउँपालिका भित्रका विभिन्न वडालाई ‘क’, ‘ख’, र ‘ग’ बर्गमा विभाजन नगरी यस गाउँपालिका भित्रका सबै वडालाई ‘क’ बर्गमा राखी शेयर निस्कासन गर्न अनुरोध गर्ने निर्णय गरियो |
निर्णय नं. ५ : प्रस्ताव नं. ५ उपर छलफल गर्दा “कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि / निर्देशिका – २०७४ ” पारित गर्ने निर्णय गरियो |
निर्णय नं. ६ : प्रस्ताव नं. ६ उपर छलफल गर्दा यस गाउँपालिका भित्र संचालन गरिने योजनाहरुको लागत अनुमान रकम ५ लाख भन्दा माथिको योजनालाई संचालन गर्न पेश्की रकम नियमानुसार दिने निर्णय गरियो |