FAQs Complain Problems

२०७४ चैत्र २३ काे गाउँ कार्यपालिका (१७ अाैं ) बैठककाे निर्णयहरू

प्रस्तावहरू

१. एकीकृत सेवा केन्द्र संचालन सम्बन्धमा ।

२. अार्थिक सहायता तथा विपद व्यवस्थापन सम्बन्धमा ।

३. शिक्षक दरवन्दी मिलान सम्बन्धमा ।

४. याेजना अनुगमन समिति गठन सम्बन्धमा ।

५. याेजना फरफारक समिति गठन सम्बन्धमा ।

६. सडक विस्तार सम्बन्धमा ।

७. नगर प्रहरी सम्बन्धी ।

८. अनमीकाे म्याद थप सम्बन्धमा ।

९. पाेष्ट पेड सिम र सेट खरिद सम्बन्धमा ।

१०. कार्यविधि पास गर्ने सम्बन्धमा ।

११. क्रमागत याेजनाकाे कार्य संचालन सम्बन्धमा ।

१२. पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा ।

१३. सेवा सुविधा सम्बन्धमा / अनुमति सम्बन्धमा ।

१४. गाउँपालिका प्राफाइल सम्बन्धमा ।

१५. उपभेक्ता मार्फत काम गर्ने सम्बन्धमा ।

निर्णयहरू

निर्णय नं. १.

प्रस्ताव नं. १ उपर छलफल गर्दा यस गाउँपलिकाकाे वडा नं. ४ मा पर्ने सिंगटी बजारमा रहेकाे कृषि सेवा केन्द्रकाे भवन र जग्गा गाउँपालिकालार्इ हस्तान्तरण भर्इ अइसकेकाे अवस्थामा गाउँपलिकाकाे एकीकृत सेवा केन्द्र सिंगटीमा संचालन गर्न उक्त कार्यालय व्यावस्थापन तथा घेराबारकाे व्यवस्था गरी अवश्यक सेवा प्रवाह गर्न अवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरियाे ।

निर्णय नं. २.

प्रस्ताव नं. २. उपर छलफल गर्दा यस गाउँपलिकभित्र विपद व्यवस्थापन तथा अर्थिक सहायता कार्यविधि बनार्इ अवश्यक कारबाही अगाडी बढाउने निर्णय गरियाे ।

निर्णय नं. ३.

प्रस्ताव नं. ३. उपर छलफल गर्दा यस गाउँपलिकभित्र  रहेका विद्यालयकमे दरवन्दी मिलान तथा विद्यालय व्यवस्थापनलार्इ प्रभावकारी बनाउन अवश्यक कार्यविधि निर्माण गर्न तपशिलमा उल्लेख गरे बमेजिमका  समिति बनाउने निर्णय गरियाे ।

      संयेजक      – संजीव वली

      सदस्य       – श्रीराम खड्का

      सदस्य       – पासाङ शेर्पा

      सदस्य       – लालिमाया तमाङ

      सदस्य       – श्राेत व्यक्ति सदस्य

      स. सचिव     – नवराज अाेली

निर्णय नं. ४.

यस गाउँपलिकाभित्रका  याेजनाहरूकाे अनुगमन गरी प्रतिवेदन पेश गरी भुक्तानीकाे लागि सिफारिस गर्न तपशिल बमाेजिमकाे अनुगमन समिति गठन गर्ने  निर्णय गरियाे । जसकाे कार्यविधि समिति अाफैले निर्णय गरे बमाजिम हुने निर्णय गरियाे ।

      संयेजक      – संजीव वली

      सदस्य       – सम्बन्धित वडाका वडा अध्यक्ष

      सदस्य       – पासाङ शेर्पा

      सदस्य       – लालिमाया तमाङ

      सदस्य       – प्राविधिक – १ , याेजना शाखा – १

     स. सचिव     – नवराज अाेली

निर्यण नं. ५

प्रस्ताव नं. ५. उपर छलफल गर्दा यस गाउँपालिकाकाे याेजनाहरूकाे एकमुष्ठ फरफारक प्रमुख प्रशासकीय अधिकृतले गाउँ कार्यपालिकाकाे बैठकमा पेश गरी कार्यपालिकाले गाउँसभामा फरफारककाे लागि पेश गर्ने  निर्णय गरियाे ।

निर्यण नं. ६

प्रस्ताव नं. ६. उपर छलफल गर्दा सिंगटी-साेरूङखाेला सडक खण्ड सडक केन्द्रविन्दुबाट दायाँ/बायाँ १०/१० मिटर, सिंगटी-लादुक-बुलुङ-अाेराङ सडक खण्ड, साेरूङखाेला-ढाक्रेबाेट-अालम्पु-विगु सडक खण्ड , बक्माडाँडा-छाेइताङ-विगु सडक खण्ड विस्तार गर्नु पर्ने भएकाेले साे सडक खण्डकाे सडक केन्द्रविन्दुबाट दायाँ/बायाँ ७.७/७.५ मिटर भित्र र अन्य  ग्रामिण शाखा सडक केन्द्रविन्दुबाट दायाँ/बायाँ ५/५ मिटर भित्र पर्ने सम्पूर्ण घर टहरा हटाउन पुनः सूचना प्रकाशन गर्ने  र ३५ दिनभित्र घर टहरा नहटाएमा हटाउन लाग्ने सम्पूर्ण खर्च समेत घर धनी स्वयमबाट असुर उपर गर्ने  गराउने निर्णय गरियाे ।

 निर्णय नं. ७

यस गाउँपालिकाभित्र नगर प्रहरी संचालन र व्यवस्थापन गर्न अावश्यक कार्यविधि निर्माण गर्न देहाय बमाेजिमबाे समिति गठन गर्ने  निर्णय गरियाे । उक्त समितिले ४५ दिनभित्र कार्यविधि निर्माण गरी कार्यपालिका पेश गर्ने निर्णय गरियाे ।

    संयाेजक - कृष्ण ठकुरी 

    सदस्य - हिरण्डे ब. गुरूङ

    सदस्य - मधुकर गुरूङ

 निर्णय नं. ८

यस गाउँपालिकाभित्र काम गर्ने अ.न.मी.काे करार थप असार मसान्त सम्म गर्ने  निर्णय गरियाे ।

निर्णय नं. ९

प्रस्ताव नं. ९. उपर छलफल गर्दा यस गाउँ कार्पायलिका सदस्यहरूकाे लागि एक अाेटा पाेष्टपेड सिम र माेबाइल खरीद गरी वितरण गर्ने    निर्णय गरियाे ।

निर्णय नं. १०

प्रस्ताव नं. १०. उपर छलफल गर्दा यस बैठकले तपशिल बमाेजिमकाे कार्यविधिहरू पास गर्ने निर्णय गरियाे ।

           क. घ वर्गकाे निर्माण व्यवसायी इजाजतपत्र  सम्बन्धी कार्यविधि, २०७४

           ख. विगु गाउँपालिका यान्त्रिक उपकरण संचालन कार्यविधि, २०७४

           ग. उपभाेक्ता समिति गठन, परिचालन र व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४

निर्णय नं. ११

प्रस्ताव नं. ११. उपर छलफल गर्दा गाउँपालिकाभित्रका क्रमागत याेजनाहरूकाे गाउँपालिका स्तरीय क्षेत्रानुसार उपभाेक्ता समिति गठन गरी अावश्यक स्टमेट तयार गरी कार्य संचालन गर्ने निर्णय गरियाे ।

निर्णय नं. १२

प्रस्ताव नं. १२. उपर छलफल गर्दा गाउँपालिका पदाधिकारीहरूकाे सेवा सर्त सुविधा सम्बन्धी कार्यविधि निर्माण गर्न तपशिल बमाेजिमकाे समिति गठन गरी ६ दिन भित्र कार्यपालिकामा  पेश गर्ने निर्णय गरियाे ।

         संयाेजक - युधिष्ठिर खड्का 

         सदस्य  - संजीव अाेली

         सदस्य  - बुक्तम तमाङ 

        स.  सचिव - नवराज अाेली

निर्णय नं. १३

प्रस्ताव नं. १३. उपर छलफल गर्दा एकै तहमा काम गर्ने कर्मचारीकाे  तलव भत्ता समान रूपमा दिने करार गरेका कर्मचारीहरूकाे कार्यसम्पादन  राम्राे नभएमा करार सम्झाैता भंग  गर्ने साथै करार अवधि ६/६ महिनामा थप गर्ने निर्णय गरियाे । मिति २०७५ साउन १ गते देखी अावश्यक प्रकृया पूरा गरी लागू गर्ने निर्णय गरियाे । साथै यस कार्यपालिकाकाे वडा नं. २ मा  रहेकाे देवलिङ्गेश्वर  मा.वि. लार्इ कक्षा १० संचालन गर्न अनुमति दिने निर्णय गरियाे ।

निर्णय नं. १४

प्रस्ताव नं. १४. उपर छलफल गर्दा यस गाउँपालिकाकाे प्राेफाइल  गाउँपालिका र नाम्सालिङ सामुदायिक संस्थाकाे संयुक्त लगानीाम तत्काल  कार्य अगाडी बढार्इ निर्माण गर्ने निर्णय गरियाे ।

निर्णय नं. १५

प्रस्ताव नं. १५. उपर छलफल गर्दा यस गाउँपालिकाद्वारा  निर्माण संचालन गरिने सडक, सामुदायिक भवन , सेवा केन्द्र भवन लगायतका विकास निर्माणसंग सम्बन्धित कार्यहरू ७० (सत्तरी लाख) सम्म उपभाेक्ता समितिबाट गर्ने निर्णय गरियाे । साथै उपभाेक्ता समितिले प्राविधिक समेत व्यवस्था गर्न सक्ने र विकास निर्माणलार्इ सहज बनाउने निर्णय गरियाे ।

आर्थिक वर्ष: