FAQs Complain Problems

समाचार

विगु गाउँकार्यपालिकाकाे (२० अाैं ) बैठककाे निर्णयहरू!!!

प्रस्तावहरूः

१. ग्यावियन जाली वितरण सम्बन्धमा ।

२. खानेपानीकाे पाइप वितरण सम्बन्धमा ।

३. विद्यालय मर्ज तथा सरूवा सम्बन्धमा ।

४. घर टहरा हटाउने सम्बन्धमा ।

५. उपचार खर्च सम्बन्धमा ।

निर्णयहरू ः

निर्णय नं. १ः प्रस्ताव नं. १ उपर छलफल गर्दा गाउँपालिकाभित्र सडक विस्तारकाे क्रममा जाेखिममा परेका घर टहरा बाटाे घाटाे भुक्षय हुने ठाउँ अादिकाे बारेमा प्राविधिक टाेलीकाे स्टमेट  र सिफारिसकाे अाधारमा यस अा.व. मा यस गाउँपालिकाबाट गरिएकाे ग्यावियन टेन्डरबाट ग्यावियन अाएपछि  ग्यावियन दिर्इ त्यसमा भर्न लाग्ने खर्च रकम नपुग भएमा अागामी वर्षमा भुक्तानी दिने गरी कार्य निरन्तरता दिने निर्णय गरियाे ।

निर्णय नं. २ः  प्रस्ताव नं. २ उपर छलफल गर्दा गाउँपालिकाभित्र खानेपानीलार्इ व्यवस्थित बनाउन खानेपानीकाे पाइप टेण्डरबाट अाएपछि मागकाे अाधारमा गाउँपालिकाबाट वितरण गर्ने निर्णय गरियाे ।

निर्णय नं. ३ः  प्रस्ताव नं. ३ उपर छलफल गर्दा गाउँपालिकाभित्र  रहेका विद्यालयकाे विद्यार्थी संख्या भाैगाेलिक अवस्था अादिकाे अध्ययन गरी  विद्यालयकाे एकीकरण तथा शिक्षककाे सरूवा गर्ने अधिकार विद्यालय एकीकरण तथा दरवन्दी  मिलान समितिलार्इ अधिकार दिने साे काे प्रतिवेदन गाउँ कार्यपालिकामा पेश गर्ने निर्णय  गरियाे ।

निर्णय नं. ४ः  प्रस्ताव नं. ४ उपर छलफल गर्दा गाउँपालिकाकाे वडा नं. ४ मा पर्ने सिंगटी बजारकाे कृषि सेवा केन्द्रकाे भवनकाे निर्माणकाे क्रममा रहेकाे छ । उक्त केन्द्रकाे निर्माणकाे छेउकाे सार्वजानिक सडकमा टहरा निर्माण गरी बसेकाेले उक्त टहरा हटाउनकाे लागि जानकारी दिने निर्णय गरियाे ।

निर्णय नं. ५ः  प्रस्ताव नं. ५ उपर छलफल गर्दा सिंगटी लादुक बुलुङ अाेराङ महादेवथान सडक निर्माणकाे क्रममा माथिबाट ढुङ्गा पल्टी विगु गा.पा. वडा नं. ४ निवासी प्रबर्धन मल्ल ठकुरी भनिने खाेम बहादुर मल्ल ठकुरी गम्भिर घाइते भएकाेले उपचार खर्च वापत यस गाउँपालिकाकाे विपद व्यवस्थापन काेषबाट हाललार्इ रू. ९,००,०००/- (अक्षरेपी नाै लाख ) दिने निर्णय गरियाे ।

 

 

 

 

आर्थिक वर्ष: