समाचार
विगु गाउँकार्यपालिकाकाे (१९ अाैं ) बैठककाे निर्णयहरू!!!
प्रस्तावहरू ः
१. विद्यालय व्यवस्थापन समिति सम्बन्धमा ।
२. अागामी नीति तथा कार्यक्रम , याेजना, बजेट सम्बन्धमा ।
३. अाधारभुत तथा माध्यमिक तह अनुदान कार्यविधि, २०७५ सम्बन्धमा ।
निर्णयहरू
निर्णय नं. १ः यस गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयमा वि.व्य.स. अध्यक्ष, शिक्षक अभिभावक संघकाे अध्यक्ष लगायतका पदमा कुनै पनि सरकारी, गैर सरकारी संघ संस्थाकाे कर्मचारी भए साे समिति विघठन गरी १५ दिन भित्रमा नयाँ वि.व्य.स. गठन गर्ने/गराउने निर्णय गरियाे ।
निर्णय नं. २ः यस गाउँपालिकाभित्र रहेका प्रत्येक वडाका प्रत्येक टाेलमा वडाबाट टाेल सुधार समिति गठन गरी अा.व. ०७५/७६ काे लागि नीति तथा कार्यक्रम, याेजना, बजेट विषयमा वडामा छलफल गरी जेष्ठ २५ गतेभित्र गाउँ कार्यपालिकामा पेश गर्ने निर्णय गरियाे ।
निर्णय नं. ३ः प्रस्ताव नं. ३ उपर छलफल गर्दा उक्त कार्यविधिमा केही हेरफेर गरी पारित गरियाे ।