FAQs Complain Problems

मिति २०७५/०१/१२ गतेकाे गाउँकार्यपालिकाकाे (१८ अाैं ) बैठककाे निर्णयहरू!!!

प्रस्ताबहरूः

१. कक्षा १ मा पुस्तक खरिद सम्बन्धमा ।

२. गाउँपालिका स्तरीय नर्सरी व्यवस्थापन सम्बन्धमा ।

३. एकीकृत सेवा केन्द्र भवन निर्माण सम्बन्धमा ।

४.विद्यालय अनुदान र कार्यविधि सम्बन्धमा ।

निर्णयहरू ः

निर्णय नं. १

यस गाउँपालिकाभित्र रहेका सरकारी विद्यालयकाे बाल कक्षा र कक्षा १ मा अंग्रेजी माध्यमकाे पाठ्यपुस्तक खरीद गरी वितरण गर्ने निर्णय गरियाे ।

निर्णय नं. २

यस गाउँपालिकाकाे वडा नं. ४ मा पर्ने सिंगटी बजारमा रहेकाे जिल्ला कृषि कार्यालयबाट हस्तान्तरीत जग्गामा एकीकृत सेवा केन्द्र भवन निर्माण गर्न रू. ७० (सत्तरी) लाख विनियाेजन गरी भवन निर्माण गर्ने निर्णय गरियाे ।

निर्णय नं. ३

यस गाउँपालिकाकाे गाउँपालिका  स्तरीय नर्सरी व्यवस्थापन गर्न जागृति कृषक समुहलार्इ रू २० लाख , जडिबुटी नर्सरी व्यवस्थापन गर्न विगु गुम्बालार्इ रू १० लाख र बुलुङमा कालिञ्चाेक नर्सरी व्यवस्थापन गर्न रू १० लाख बजेट विनियाेजन गर्ने निर्णय गरियाे ।

निर्णय नं. ४

प्रस्ताव नं. ४ उपर छलफल गर्दा यस गाउँपालिकाभित्र पर्ने तपशिल विद्यालयकाे लागि  विद्यार्थी संख्या र शिक्षक अनुपाल हेरी अनुदान रकम दिने  निर्णय गरियाे । साथै अनुदान कार्यविधि पारित गरियाे ।

 

आर्थिक वर्ष: