समाचार
मिति २०७४ साल माघ १८ गते सम्पन्न बिगु गाउँकार्यपालिका बैठकको प्रस्ताव तथा निर्णयहरु
प्रस्तावहरु
१. जडिबुटी तथा सित भण्डार केन्द्रको निर्माण तथा लामाबगर फ्ल्याक सडक खण्ड निर्माण सम्बन्धमा |
२. मेशीनरी औजार संचालन सम्बन्धमा |
३. नियमित बैठक सम्बन्धमा |
४. साझेदारीमा वेली ब्रिज निर्माण गर्ने सम्बन्धमा |
५. वडा नं. ६ मा सहायक कर्मचारी भर्ना गर्ने सम्बन्धमा |
६. ग्याविन र हेम पाइप खरिद गर्ने सम्बन्धमा |
निर्णयहरु
निर्णय नं. १ :- प्रस्ताब नं. १ उपर छलफल गर्दा यस गाउँपालिका भित्र जडिबुटी तथा सित भण्डार केन्द्रको निर्माण र लामाबगर फ्ल्याक सडक खण्ड निर्माण कार्य अगाडी बढाउनको लागि छिमेकि मित्र राष्ट्र चीन सरकारसँग आवश्यक समन्वय गरि कार्य अगाडी बढाउने निर्णय गरियो |
निर्णय नं. २ :- प्रस्ताब नं. २ उपर छलफल गर्दा यस गाउँपालिकाबाट खरिद गरिएको मेशीनरी औजार संचालन कार्यविधि बनाई संचालन गर्ने तर मेशीनरी औजार संचालन कार्यविधि नबनी सकेको समयको लागि तपशिलमा उल्लख भए बमोजिमको रकम लिई संचालन गर्ने निर्णय गरियो |
(क) स्काइभेटर प्रयोग वापत प्रति घन्टा
१. स्काइभेटर वापत रु. २१००/-
२. अपरेटर भत्ता वापत रु. २००/-
३. स. अपरेटर भत्ता वापत रु. ५०/-
४. ग्रीज वापत रु. ५०/-
४. तेल वापत रु. २२००/-
------------------
जम्मा रु. ४६००/-
(ख) व्याकुलोडर प्रयोग वापत प्रति घन्टा
१. व्याकुलोडर वापत रु. १६००/-
२. अपरेटर भत्ता वापत रु. २००/-
३. स. अपरेटर भत्ता वापत रु. ५०/-
४. ग्रीज वापत रु. ५०/-
४. तेल वापत रु. ११००/-
------------------
जम्मा रु. ३०००/-
(ग) मिनिट्रक प्रयोग वापत प्रति दिनको रु. ८०००/- (तेल सहितको मूल्य)
निर्णय नं. ३ :- प्रस्ताब नं. ३ उपर छलफल गर्दा यस गाउँपालिकाको नियमित बैठक प्रत्येक महिनाको १८ गते बस्ने सो दिन विदा परेमा त्यसको भोलिपल्ट बिहान ११ बजे बस्ने निर्णय गरियो |
निर्णय नं. ४ :- प्रस्ताब नं. ४ उपर छलफल गर्दा यस गाउँपालिका भित्र पर्ने झोरुङ खोलामा वेली ब्रिज निर्माण गर्न सिंगटी हाइड्रोपावर लिमिटेड र यस गाउँपालिकाबाट सयुक्त लगानी गरि साझेदारीमा काम गर्न सिंगटी हाइड्रोपावरले कुल लागतको ८०% र बिगु गाउँपालिकाबाट २०% लगानी गरि साझेदारीमा कार्य संचालन गर्ने निर्णय गरियो |
निर्णय नं. ५ :- प्रस्ताब नं. ५ उपर छलफल गर्दा यस गाउँपालिका वडा नं. ६ मा कार्यालय नियमित रुपमा संचालन गर्न एक जना सहायक कर्मचारीको आवस्यकता परेकोले उक्त वडामा सहायक कर्मचारी भर्ना गरि आन्तरिक आयबाट तलब भत्ता भुक्तानी गर्ने निर्णय गरियो |
निर्णय नं. ६ :- प्रस्ताब नं. ६ उपर छलफल गर्दा यस गाउँपालिकामा विकास निर्माण कार्य संचालन गर्न ग्याविन र हेम पाइप आवश्यकता परेकोले गाउँपालिकाबाट आवश्यक बजेट ब्यबस्था गरि खरिद प्रक्रिया अगाडी बढाउने निर्णय गरियो |