FAQs Complain Problems

समाचार

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि रू. ५०/-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) बालकको बाबु/आमाको नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।