FAQs Complain Problems

विगु गाउँकार्यपालिकाकाे (२७ औं ) बैठककाे निर्णयहरू!!!

निर्णय नं. १ ः

यस गाउँपालिकाकाे गाउँपालिका स्तरीय खेलकुद मैदान गाउँपालिकाकाे वडा नं. ४ मा पर्ने खाेलीखीम चाैरमा निर्माण गर्ने निर्णय गरियाे ।

निर्णय नं. २ ः

प्रदेश सरकारबाट यस गाउँपालिकाकाे डढुवाखाेला  खानेपानी अायाेजनालार्इ विनियाेजन गरेकाे रकमबाट DPR निर्माण गरी निर्माण कार्य अगाडि बढाउने निर्णय गरियाे ।

निर्णय नं. ३ ः

यस गाउँपालिकाकाे केन्द्र निर्धारण गाउँपालिकाकाे भवन निर्माण गर्नु पर्ने भएकाेले वडा नं. ४  भित्र अावश्यक जग्गाकाे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तपशिल बमाेजिमकाे समिति गठन गर्ने निर्णय गरियाे ।

तपशिल

संयाेजक - युधिष्ठिर खड्का
सदस्य - हिरण्डे बहादुर गुरूङ
सदस्य - पासाङ शेर्पा
सदस्य - मधुकर गुरूङ
सदस्य - प्राविधिक कर्मचारी (१ जना)
सदस्य - भू-गर्भ शास्त्री (१ जना)
सदस्य सचिव - नवराज अाेली

निर्णय नं. ४ ः

यस गाउँपालिकाकाे  सिंगटी-लादुक-बुलुङ सडक खण्डमा सडक चाैडा गर्न बाँकी सडक तत्काल चाैडा गर्ने निर्णय गरियाे ।

निर्णय नं. ५ ः

पशुपालन सम्बन्धी अनुदान कार्यविधि बनार्इ सूचना प्रकाशन गर्ने निर्णय गरियाे।

निर्णय नं. ६ ः

यस गाउँपालिकाभित्र अार्इपर्ने विभिन्न दैवी/प्रकाेप/विपद मा परी क्षति भएका परिवारलार्इ तपशिल बमाेजिमकाे रकम विपद व्यवस्थापन काेषबाट खर्च गर्ने निर्णय गरियाे ।

तपशिल 

क) घर वा वासस्थान पूर्णरूपमा नष्ट भएमा रू. १०,०००(दस हजार रूपैँया मात्र)

ख) गार्इ/गाेरू भैसी मरेमा प्रतिगाेटा रू ५,०००(पाँच हजार रूपैँया मात्र)

ग) बाख्रा/पाठा/भेडा अािद मरेमा रू. ३,०००(तीन हजार रूपैँया मात्र)

आर्थिक वर्ष: