FAQs Complain Problems

समाचार

विगु गाउँकार्यपालिकाकाे (२४ औं) बैठककाे निर्णयहरू!!!

प्रस्तावहरूः

१. अगूवा कृषक छनाेट सम्बन्धमा ।

२. शिक्षाकाे रकम विनियाेजन सम्बन्धमा ।

३. सडक सफा मर्मत गर्ने सम्बन्धमा ।

निर्णयहरूः

निर्णय नं. १ प्रस्ताव नं. १ उपर छलफल गर्दा यस गाउँपालिकाभित्रकाे प्रत्येक वडामा कम्तिमा १५-४० जना सम्म वडा स्तरीय अगूवा कृषक, कृषि प्राविधिक र वडा समितिले संयुक्त रूपमा छलफल गरी १० दिनभित्र छनाैट गरी गाउँपालिकामा पेश गर्ने निर्णय गरियाे ।

निर्णय नं. २ प्रस्ताव नं. २ उपर छलफल गर्दा यस गाउँपालिकाकाे गाउँसभाबाट विनियाेजन गरेकाे बजेटलार्इ अावश्यक विद्यालयहरू तथा सिकार्इ केन्द्रलार्इ रू. ८,१०,०००(अाठ लाख दस हजार मात्र) अनुदान दरवन्दी स्वरूप  दिने निर्णय गरियाे । बाँकी रहेकाे ४,७०,००(चार लाख सत्तरी हजार पाँच सय मात्र ) गाउँपालिका स्तरीय विद्यालय अतिरिक्त कृयाकलाप र  शिक्षक विद्यार्थी  पुरस्कारकाे व्यावस्था गर्ने निर्णय गरियाे ।

निर्णय नं. ३ प्रस्ताव नं. ३ उपर छलफल गर्दा यस गाउँपालिकाभित्रका लादुक-बुलुङ-अाेराङ सडक खण्ड, साेरूङ-ढाक्रेबाट-अालम्पू-विगु सडक र साेरूङ-बुक्माडाँडा-अमाडाेल-विगु सडक खण्ड र लामाबगर-लप्ची पैदल मार्ग मर्मत सुधारकाे लागि प्रति घण्टा अधिकतम मेशिन भाडा, तेल, अपरेटर भत्ता, खाना खाजा सहित अधिकतम रू ४६००/- ननाघ्ने गरी घटाघटमा ४ दिने सूचना प्रकाशित गरी मेशिन भाडामा लिने निर्णय गरियाे ।

 

 

 

 

आर्थिक वर्ष: