FAQs Complain Problems

समाचार

विगु गाउँकार्यपालिकाकाे (२३ औं) बैठककाे निर्णयहरू!!

प्रस्तावहरूः

१. तामाकाशी पाचाैं जलविद्युत अायाेजनामा लगानी गर्ने सम्बन्धमा ।

२. बाढी पहिराेकाे स्थलगत अवलाेकन सम्बन्धमा ।

३. शेयर फारम सम्बन्धमा ।

४. रकम भुक्तानी सम्बन्धमा ।

५. कानुनी सल्लाहाकार नियुक्ति सम्बन्धमा ।

६. प्राविधिक कर्मचारी नियुक्ति गर्ने सम्बन्धमा ।

७. पूर्वाधार विकासका याेजनाकाे स्टमेट तयार गर्ने सम्बन्धमा ।

८. अ.न.मी., कार्यालय सहायक, का.स., प्राविधिक कर्मचारीकाे नवीकरण सम्बन्धमा ।

९. पशु सेवा प्राविधिक (ना.प्रा.स.) र सामुदायिक स्वस्थ्य इकाइ, चाैविस घण्टे प्रसुति सेवामा कर्मचारी भर्ना गर्ने सम्बन्धमा ।

१०. कृषि सेवा केन्द्र भवन निर्माण सम्बन्धमा ।

निर्णयहरू ः

निर्णय नं. १ः प्रस्ताव नं. १ उपर छलफल गर्दा यस गाउँपालिकाभित्र निर्माण हुने तामाकाेशी पाचाैं जलविद्युत अायाेजनामा विगु गाउँपालिकाकाे वासिन्दाहरूकाे तर्फबाट अधिकतम लगानी गर्ने वातावरणकाे सृजना गर्न गाउँपालिकाबाट पहल गरी अावश्यक कार्य अगाडी वढाउने  र साे कार्य अगाडी बढाउन गाउँपालिका उपाध्यक्ष श्री संजीव अाेलीलार्इ जिम्मेवारी दिने निर्णय गरियाे ।

निर्णय नं. १ः प्रस्ताव नं. १ उपर छलफल गर्दा यस गाउँपालिकाभित्र भिषण वर्षातकाे कारण वाढी पहिराे गर्इ भाैतिक सम्पति नष्ट पशुधन क्षति र मानिस गम्भिर घाइते समेत भएकाेे र वस्ति समेत सुरक्षित ठाँउमा स्थान्तरण गर्नु पर्ने भएकाेले गाउँपालिका स्तरीय २ वटा अवलाेकन समिति बनार्इ मिति २०७५/०४/२९ गते देखि अवलाेकन गरी गाउँपालिकामा प्रतिवेदन पेश गरी अावश्यक सहयाेगकाे लागि जिल्ला दैवि प्रकाेप उद्वार काेषलार्इ अनुराेध गर्ने निर्णय गरियाे ।

             क) वडा नं. १-४ काे अवलाेकन टाेली 

                        संयाेजक - श्री संजीव अाेली

                        सदस्य  - श्री बालकृष्ण शिवाकाेटी

                        सदस्य - श्री पासाङ शेर्पा 

                        सदस्य - श्री वडा अध्यक्ष सबै (१-४)

                        सदस्य - श्री टहलमाया कामी

                        सदस्य - श्री लालीमाया तमाङ

                        सदस्य - श्री हरेन्द्र शाह

                        सदस्य - श्री शान्ति सुवेदी

                        सदस्य - प्रहरी

             ख) वडा नं. ५-८ काे अवलाेकन टाेली 

                        संयाेजक - श्री युधिष्ठिर खड्का

                        सदस्य  - श्री वडा अध्यक्ष सबै (५-८)

                        सदस्य - श्री ज्ञानुमाया रूचाल

                        सदस्य - श्री निमाटासी शेर्पा

                        सदस्य - श्री नन्द प्रसाद शिवाकाेटी

                        सदस्य - श्री दिपेश थामी

                        सदस्य - श्री लिला थामी

                        सदस्य - श्री रामकिशाेर राय

                        सदस्य - प्रहरी र्इ.प्र.चाै. विगु

निर्णय नं. ४ . प्रस्ताव नं. ४ उपर छलफल गर्दा यस गाउँपालिकाभित्र निर्माण भएका सडकहरूकाे रकम भुक्तनी  दिन बाँकी देखिएकाेले अावश्यक मुल्याङ्कन गरी भुक्तानी  दिन प्रशासनलार्इ निर्देशन दिने निर्णय गरियाे ।

निर्णय नं. ५ . प्रस्ताव नं. ५ उपर छलफल गर्दा यस गाउँपालिकालार्इ कानुनी राय, सल्लाह, सुझाबका लागि अावश्यक प्रकृया पुरा गरार्इ कानुनी सल्लाहाकार (कानुन अधिकृत) नियुक्त गर्ने निर्णय गरियाे ।

निर्णय नं. ६ . प्रस्ताव नं. ६ उपर छलफल गर्दा यस गाउँपालिकाभित्र प्रति २ वडाकाे लागि एक अ. सब-इन्जिनियर (प्राविधिक कर्मचारी ) नियुक्त गर्न अावश्यक देखिएकाेले थप ३ जना  अ. सब-इन्जिनियर भर्ना गर्न अावश्यक प्रकृया अगाडी बढाउने निर्णय  गरियाे ।

निर्णय नं. ७ . प्रस्ताव नं. ७ उपर छलफल गर्दा यस गाउँपालिकाले विनियाेजन गरेकाे अा.व. २०७५/७६ काे पूर्वाधार विकासका सबै याेजनाकाे स्टमेट २०७५ भाद्र मसान्तभित्र तयार गर्न प्राविधिक शाखालार्इ निर्देशन दिने निर्णय  गरियाे ।

 निर्णय नं. ८ . प्रस्ताव नं. ८ उपर छलफल गर्दा विगतदेखि  गाउँपालिका निरन्तर रूपमा काम गर्दै अाएका अ.न.मी., कार्यालय सहायक, का.स. प्राविधिक कर्मचारी लगायत अन्य कर्मचारीकाे अावश्यकता भएकाेले सेवा नवीकरण मिति २०७५/०४/०१ देखि लागू हुने गरी  गर्न निर्णय  गरियाे ।

 निर्णय नं. ९ . प्रस्ताव नं. ९ उपर छलफल गर्दा यस गाउँपालिकाले विनियाेजन गरेकाे बजेट र नेपाल सरकारकाे सशर्त बजेटमा व्यवस्था भए बमाेजिम १ जना पशु प्राविधिक (ना.प्रा.स.), सामुदायिक स्वास्थ्य इकार्इ र चाैविस घण्टे प्रसुति सेवाकाे लागि अावश्यक मात्रामा अ.हे.ब. र अ.न.मीकाे अावश्यक प्रकृया पूरा गरी भर्ना गर्ने  निर्णय  गरियाे ।

निर्णय नं. १० . प्रस्ताव नं. १० उपर छलफल गर्दा यस गाउँपालिकाकाे कृषि सेवा केन्द्र भवनकाे पहिलाे तदा (भुर्इ तला) निर्माण सम्पन्न गर्ने पहिलाे तलादेखि माथि अावश्यक इस्टिमेट तयार गरी टेण्डर अाह्वान गर्ने निर्णय  गरियाे ।

 

आर्थिक वर्ष: