FAQs Complain Problems

विगु गाउँकार्यपालिकाकाे (२६ औं) बैठककाे निर्णयहरू!!!

प्रस्तावहरूः

१. बाटाे हेरालुकाे रकम भुक्तानी सम्बन्धमा ।

२. ग्यावियन जाली सम्बन्धमा ।

३. सार्वजनिक सुनुवार्इ सम्बन्धमा ।

४. सडक स्तराेन्नती तथा सर्भेक्षण र भाैतिक प्रगति प्रतिवेदन सम्बन्धमा।

५. सूचना प्रकाशन  सम्बन्धमा ।

निर्णयहरू ः

निर्णय नं. १. प्रस्ताव नं. १ उपर छलफल गर्दा सिंगटी लादुक-बुलुङ-अाेराङ सडक खण्ड बर्षातकाे कारण क्षति भएकाे, विभिन्न ठाँउमा भल तर्काउने , बाटाे मर्मत गर्ने अादि का गर्न मिति २०७५/०४/०५ देखि काम लगाएकाेले साे व्यक्तिहरूलार्इ दैनिक रू.६३०/- का दरले ११ जनाकाे डाेर हाजिर फाराम भरार्इ भुक्तानी दिने निर्णय गरियाे ।

निर्णय नं. २. प्रस्ताव नं. २ उपर छलफल गर्दा यस गाउँपालिकाभित्रका तपशिलमा उल्लेखित सडकहरूमा विनियाेजन रकम मध्येबाट   तपशिल बमाेजिमकाे रकम बराबरकाे ग्यावियन जाली खरिद गर्न टेण्डर अाह्वान गर्ने निर्णय गरियाे ।

क्र.स. सडककाे नाम रकम
सिंगटी-लादुक-बुलुङ-अाेराङ सडक रू.४५,००,०००/-
खहरे-ताइलाङ सडक रू.१०,००,०००/-
साेरूङ-बुक्माडाँडा-छाेइताङ-गग्लाते सडक रू.२५,००,०००/-
ढाक्रेबाेट-अालम्पु-विगु सडक रू.२०,००,०००/-
जमुना प्रावि सडक रू. ८,००,०००/-

निर्णय नं. ३. प्रस्ताव नं. ३ उपर छलफल गर्दा यस गाउँपालिकाकाे अा.व. २०७४/७५ सार्वजानिक सुनुवार्इ यहि मिति २०७५/०७/१८ गते अाइतवारकाे दिन गर्ने निर्णय गरियाे ।

निर्णय नं. ४. प्रस्ताव नं. ४ उपर छलफल गर्दा यस गाउँपालिकामा संचालित सिंगटी जलविद्युत अायाेजनालार्इ उक्त अायाेजनाले प्रयाेग गर्दै अाएकाे सिंगटी-साेरूङ सडक खण्ड स्तराेन्नती गर्न  लगाउने साथै साँघुखाेला जलविद्युत अायाेजनालार्इ सर्वेक्षण र भाैतिक प्रगति प्रतिवेदन माग गर्ने निर्णय गरियाे ।

निर्णय नं. ५. प्रस्ताव नं. ५ उपर छलफल गर्दा यस गाउँपालिकाले विनियाेजन गरेकाे कृषि/पशु कार्यक्रमकाे अनुदान सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरियाे ।

 

आर्थिक वर्ष: