FAQs Complain Problems

विगु गाउँकार्यपालिकाकाे (२१ अाैं ) बैठककाे निर्णयहरू!!!

प्रस्तावहरू ः

१. तेस्राे गाउँसभा संचालन सम्बन्धमा ।

२. राजश्व परामर्श समिति गठन सम्बन्धमा ।

३. स्राेत अनुमान तथा वजेट सीमा निर्धारण समिति सम्बन्धमाख।

४. वजेट तथा कार्यक्रम तर्जुमा समिति गठन सम्बन्धमा ।

५. वर्षातकाे समयमा काम राेक्ने सम्बन्धमा ।

६. ग्यावियन जाली विवरण सम्बन्धमा ।

७. प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ सम्बन्धमा ।

निर्णयहरू 

निर्णय नं. १. प्रस्ताव नं. १ उपर छफफल गर्दा यस गाउँपालिकाकाे तेस्राे गाउँ सभा यहि मिति २०७५/०३/२१ गतेकाे दिन बिहान ११ बजे विगु गा.पा. वडा नं. ४ मा पर्ने  सिंगटीमा बस्ने निर्णय गरियाे ।

निर्णय नं. २. यस गाउँपालिकाकाे राजश्व परामर्श समिति गठन तपशिल बमाेजिमकाे सदस्य रहने गरी गठन गर्ने निर्यण गरियाे ।

               संयाेजक - श्री संजीव अाेली

               सदस्य - श्री नवराज अाेली

               सदस्य - श्री बुक्तम तमाङ

               सदस्य - श्री लालीमाया तमाङ

               सदस्य - श्री सुन्दर श्रेष्ठ

               सदस्य सचिव - श्री बैकुण्ठ कार्की 

निर्णय नं. ३ यस गाउँपालिकाकाे स्राेत अनुमान तथा वजेट सीमा निर्धारण समिति गठन गर्न निर्णय गरियाे ।

               संयाेजक - श्री युधिष्ठिर खड्का

               सदस्य - श्री संजीव अाेली

               सदस्य - श्री नवराज अाेली

               सदस्य - श्री इन्दिरा बस्नेत 

               सदस्य - श्री निमाटासी शेर्पा

               सदस्य - श्री पासाङ शेर्पा

               सदस्य - श्री पदम थामी

               सदस्य सचिव - श्री लेखनाथ चाैलागाँर्इ

निर्णय नं. ४  यस गाउँपालिकाकाे बजेट तथा कार्यक्रम तर्जुमा समिति देहाय बमाेजिमकाे सदस्य रहने गरी गठन गर्ने निर्णय गरियाे ।

               संयाेजक - श्री संजीव अाेली

               सदस्य - श्री बुक्तम तमाङ

                सदस्य - श्री श्रीराम खड्का

               सदस्य - श्री लालीमाया तमाङ

               सदस्य - श्री हिरण्डे ब. गरूङ

               सदस्य - श्री मधुकर गरूङ

               सदस्य सचिव - श्री नवराज अाेली

निर्णय नं. ५ प्रस्ताव नं. ५ उपर छफफल गर्दा यस गाउँपालिकाकाे सिंगटी लादुक बुलुङ अाेराङ महादेवथान सडक, खहरे च्याने चिसापानी सडक वर्षातकाे  कारणले सडक निर्माणमा बाधा पर्ने देखिएकाेले मिति २०७५/३/१४ गतेबाट  उपभाेक्ता समितिलार्इ काम राेक्न निर्देशन  दिइ काम राेक्ने निर्णय गरियाे ।

निर्णय नं. ६ प्रस्ताव नं. ६ उपर छफफल गर्दा यस गाउँपालिकाबाट खरिद गरिएकाे ग्यावियन जाली गाउँपालिकाले सडक निर्माण गर्दा अति जाेखिममा पर्ने घर, बाटाे संरक्षणकाे लागि प्राविधिककाे स्टमेट र वडा कार्यालयकाे सिफारिसकाे अाधारमा वितरण गर्ने र ग्यावियन जाली भर्ने वापतकाे रकम अा.व. २०७५/७६ काे बजेटबाट भुक्तानी गर्ने  निर्णय गरियाे ।

निर्णय नं. ७ प्रस्ताव नं. ७ उपर छफफल गर्दा यस गाउँपालिकाभित्र प्राविधिक कर्मचारी व्यवस्थापन गर्न प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ पारित गर्ने  निर्णय गरियाे ।

 

आर्थिक वर्ष: