समाचार
विगु गाउँकार्यपालिकाकाे (२९ औं) बैठककाे निर्णयहरू!!!
निर्णय नं. १
यस गाउँपालिकाकाे ८ वटै वडामा आवश्यकता अनुसार कन्टिन्जेन्सी रकमबाट खानेपानीकाे पाइप खरिद गर्ने निर्णय गरियाे ।
निर्णय नं. २
यस गाउँपालिकाभित्रका सबै वडामा विद्युत शाखा प्रशारण लाइन पुर्याउने निर्णय गरियाे ।
निर्णय नं. ३
यस गाउँपालिका वडा नं. ५ चिलंखामा रहेकाे श्री सरस्वती प्रा.वि.काे घडेरी सम्याउने कार्य यथासिघ्र चाँडाे गर्ने निर्णय गरियाे ।
निर्णय नं. ४
यस गाउँपालिकाकाे विषयगत समितिकाे बैठक बसी एम्बुलेन्स संचालन कार्यविधि तयार पार्ने निर्णय गरियाे ।
निर्णय नं. ५
यस गाउँपालिका अन्तर्गत सिंगटी बजारकाे घरकाे नक्सा पास गर्नेकाे लागि हाल गाउँपालिकाबाट सम्भव नभएकाेले माथिल्लाे निकायमा प्रतिवेदन सहित पेश गर्ने निर्णय गरियाे।
निर्णय नं. ६
यस गाउँपालिकाकाे साेरूङखाेला ढाक्रेबाेट सडक खण्डकाे लागि रकम भुक्तानी गर्नकाे लागि अावश्यक कागजात प्राप्त नभएकाेले उक्त रकमकाे भक्तानी अावश्यक कागजात प्राप्त भएपछि गर्ने निर्णय गरियाे ।
निर्णय नं. ७
स्काभेटरकाे दररेट निर्धारणकाे लागि तीन दिनभित्र समिति निर्माण गर्ने र दररेट निर्धारण गर्ने निर्णय गरियाे ।
निर्णय नं. ८
यस गाउँपालिकाभित्र गठन भएका विषायगत समितिले सक्रिय रूपमा कार्यसंचालन गर्ने र विषयगत समितिकाे बैठक बसेकाे दिनकाे खाना र बस्ने खर्च गाउँपालिकाले व्यहाेर्ने गर्ने निर्णय गरियाे ।
निर्णय नं. ९
यस गाउँपालिकाका कार्यपालिका सदस्य निमटासी शेर्पा, पासाङ शेर्पा, वडा नंं. ६ कार्यालय आलम्पुकाे लागि दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउनकाे लागि अावश्यक प्रक्रिया अधि बढाउने निर्णय गरियाे ।
निर्णय नं. १०
यस गाउँपालिकाकाभित्र पर्ने तपशिल बमाेजिमका सडकमा गाउँपालिकाकाे पूर्वधार विकास समितिकाे सिफारिसमा आगामी वर्षकाे बजेटबाट भुक्तानी गर्नेगरी Back-cutting गर्ने निर्णय गरियाे ।
तपिशल
१. सिंगटी-लादुक-बुलुङ-ओरङ सडक खण्ड
२.साेरूङ-खाेपाचागु-गग्लाते-विगु सडक खण्ड
३. सिंगटी-साेरूङ-ढाक्रेबाेट-आलम्पु-विगु सडक खण्ड