FAQs Complain Problems

विगु गाउँकार्यपालिकाकाे (२८ औं) बैठककाे निर्णयहरू!!!

निर्णय नं. १ ः

यस गाउँपालिकाकाे व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि, २०७५ पारित गर्ने साथै सबै व्यवसयलाई वडा कार्यलयमा दर्ता गरी त्यसको विवरण गाउँपालिकामा पेश गर्ने निर्णय गरियाे ।

निर्णय नं. २ ः

यस गाउँपालिकामा रहेकाे एम्बुलेन्सहरू एम्बुलेन्स संचालन कार्यविधि बनाई  संचालन गर्ने निर्णय गरियाे ।

निर्णय नं. ३ ः

यस गाउँपालिकाभित्र विगतमा स्थानीय निकायबाट स्थायी नियुक्ति पाएका कर्मचारीहरूलाई  स्थानीय तह (गाउँपालिकामा) समायाेजन गर्ने  निर्णय गरियाे ।

निर्णय नं. ४ ः

अपाङ्गता भएका व्यक्तिकाे परिचय-पत्र वितरण कार्यविधि २०७५ ,नगर प्रहरी कार्यविधि २०७५ , विगु गाउँपालिका आपतकालीन कार्यसंचालन केन्द्र संचालन विधि २०७५ पारित गर्ने  निर्णय गरियाे ।

निर्णय नं. ५ ः

यस गाउँपालिकाकाे आन्तरिक लेखा परीक्षण ICAN मा  आवद्ध  अडिटरबाट  गर्ने निर्णय गरियाे।

निर्णय नं. ६ ः

यस गाउँपालिकाभित्र तपशिलमा उल्लेख गरिए बमाेजिमका झाेलुङ्गे पूलकाे नयाँ निर्माण र बृहत मर्मत गर्नकाे लागि आवश्यक  सहयाेग गरिदिन Shree Trail Bridge Support Unit, Pulchowk, Lalitpur लाई  अनुराेध गर्ने निर्णय गरियाे ।

तपशिल 

नयाँ निर्माण तर्फ
ओरङ खाेला झाे.पू.  विगु २ र ३ 
काेथेलीखाेला झाे.पू.  विगु ५ र ६
स्याखुखाेला झाे.पू.  विगु ५ र ६
बृहत मर्मत तर्फ
नगरा खाेला झाे.पू.  विगु  ६
मैरे खाेला झाे.पू.  विगु  ८
सिंगटी बजार झाे.पू.  विगु  ४

 

आर्थिक वर्ष: